Rule 7
“क” श्रेणीको विर्ता जग्गाको सम्बन्धमा व्यवस्था
  (१) कुनै “क” श्रेणीको विर्ता जग्गाको सम्बन्धमा ऐनको म्यादमा त्यस जग्गाको भूतपूर्व विर्तावालको तर्फबाट विवरण दाखिल नभई यो नियमावली बमोजिम मोहीका तर्फबाट मात्र विवरण दाखिल भएको रहेछ भने हाकिमले मोहीका तर्फबाट दाखिल भएको विवरणबाटै जो जाँच्नु भिडाउनु पर्ने निस्सा श्रेस्ता जाँची भिडाई मोहीका नाममा रैकर जग्गा दर्ता गर्ने गरी लगत खडा गर्न सक्नेछ ।
(२) कुनै “क” श्रेणीका विर्ता जग्गाको मोहीले आफ्नो निस्सा र विवरण पेश नगरेको भूतपूर्व विर्तावालका तर्फबाट मात्र विवरण पेश भएको रहेछ भने हाकिमले विर्तावालको तर्फबाट पेश भएका विवरणको आधारमा मोहीका नाममा रैकरमा जग्गा दर्ता गर्ने गरी लगत खडा गर्न सक्नेछ ।
(३) ऐन वा यो नियमावली बमोजिम पेश हुन आएको विवरणबाट कसैका नाममा रैकरमा दर्ता गर्ने गरी लगत भएको जग्गा ऐन प्रकाश हुनु भन्दा पछि मात्र विर्तावालले दर्ता गरिदिएको हो र अघि कसैका नाममा मोहियानीमा दर्ता नभएका पर्ति जग्गा हो भन्ने ठहर हुन आएमा नेपाल सरकारले त्यस्तो दर्ता बदर गर्न सक्नेछ ।